

नेपालगञ्ज उपमहानगर तीन दिन सिल


भदौ २२, नेपालगञ्ज ।
नेपालगञ्ज उपमहानगरपालिकाका एक कर्मचारीको कोरोना संक्रमणका कारण निधन भएपछि उपमहानगरपालिकाको कार्यालय तीन दिनका लागि सिल गरिएको छ। संक्रमण बढ्दै गएका कारण थप २३, २४ र २५ गते सिल हुनेछ। हरेक हप्ता शुक्रबार र शनिबार स्थानीय प्रशासनले निषेधाज्ञा गर्ने गरेका कारण शुक्रबार पनि उपमहानगरपालिका बन्द हुनेछ। कोरोना संक्रमणका कारण ती कर्मचारीको आइतबार राति मृत्यु भएको थियो। कर्मचारीको मृत्यु भएका कारण आज शोक जनाउँदै कार्यालय बन्द गरिएको छ। संक्रमण तीव्र भएपछि साउन २५ गतेदेखि २७ गतेसम्म नेपालगञ्जको मुख्य शहरी क्षेत्र शिल गरियो। हालसम्म उपमहानगरपालिकाका ३ जना जनप्रतिनिधि र २६ जना कर्मचारी कोरोनाबाट संक्रमित भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले बताइन्।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया