

विपी कोईराला युवा नेतृत्व विकास मञ्च पाणिनी गाउँपालिकाको महिला उपाध्यक्ष मा घिमिरे चयन


ई–साझाकुरा, भदौ २१
विपी कोईराला युवा नेतृत्व विकास मञ्च लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफनो भविष्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एंव व्यक्तित्व विकास गर्दे जननायक विपी कोईरालाबाट व्यक्त विचार, प्रतिपादित निति र अवधारणहरुलाई गाउँ गाउँमा पुर्याउने उद्देश्यका साथ गठन भएको विपी कोईराला युवा नेतृत्व विकास मञ्च केन्द्रिय कार्यसमितिले जिल्ला संयोजक चयन गरि देशभरका जिल्ला र पालिकाको संगठन विस्तारमा लागेको छ।यसै क्रम मा अर्घाखाँची जिल्ला पाडिनी गाउँपालिकाले कार्यसमितीको विस्तार गरेको छ ।

केही समय पहिला पाणिनी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी नारायण घिमिरे ‘भावुक’ लाई मनोनयन गरेसँगै गाउँपालिकाको कार्यसमिती विस्तार घिमिरेले गरेका हुन । अर्घाखाँचीको पाणिनि गाउँपालिका विपि कोइराला युवा नेतृत्व विकास मञ्चको उपाध्यक्षमा सौर्य नारायण न्यौपाने र महिला उपाध्यक्षमा कमला घिमिरे चयन भएका छन ।
त्यसै गरि सचिवमा शिवलाल पौडेल , सह‐सचिवमा सन्देश गौतम , विकास घिमिरे , निराजन पौडेल ,कोषाध्यक्षमा विन्दु पौडेल , छविलाल कोइराला ,सदस्यहरुमा सुशिला पौडेल, खुस्बु घिमिरे, सुनिता पोख्रेल , अर्जुन परियार , लोकमणि भुसाल , पुष्कर गैरे, धनकला पौडेल , किरण घिमिरे , अंशु गौतम , गिता खत्री र राजन बेल्बासेलाई मनोनयन गरिएको पाणिनी गाउँपालिका संयोजक नारायण घिमिरेले बताउनु भएको छ । उहाले पाडिनी गाउपालिका सम्पुर्ण पदाधिकारी लाई हार्दिक बधाई दिदै अगामी दिन को सफल कार्यकाल को शुभकामना दिनु भएको थियो ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया