

यूएफा नेसन्स लिगमा क्रोएसियामाथि पोर्चुगलको शानदार जित


साबिक विजेता पोर्चुगलले यूएफा नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि शानदार जित निकालेको छ । गएराति भएको लिग ‘ए’ समूह–३ को खेलमा झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सोही समूहको अर्को खेलमा फ्रान्सले स्विडेनलाई १–० ले हराएको छ । गएराति नै भएको अर्को खेलमा आइसल्याण्डलाई १–० गोल अन्तरले हराउँदै इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । जितसँगै लिग ’ए’ समूह–२ मा इंग्ल्यान्डले ३ अंक जोडेको छ । सोही समूहको खेलमा बेल्जियमले डेनमार्कलाई २–० ले हराएको छ । गत विश्वकपको सेमिफाईनल खेलेको बेल्जियमले डेनमार्कबिरुद्ध सहज जित निकालेको हो । यसैगरी गएराति नै भएका अन्य खेलहरुमा लिग ‘सी’ समूह–२ मा नर्थ म्यासेडोनियाले अर्मेनियालाइ २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा जर्जियाले इस्टोनियालाई १–० ले हराएको छ ।लिग ‘डी’ समूह –२ को खेलमा ज्रिबाल्टारले सान मारिनोलाई १–० ले हराएको छ ।सी’ समूह–१ अन्तर्गत भएको खेलमा लक्जेमवगले अजरवैजानलाई २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा मोन्टेनेग्रोले साइप्रसलाई २–० ले पराजित गरेको छ ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया