

यूएफा नेसन्स लिगमा क्रोएसियामाथि पोर्चुगलको शानदार जित



साबिक विजेता पोर्चुगलले यूएफा नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि शानदार जित निकालेको छ । गएराति भएको लिग ‘ए’ समूह–३ को खेलमा झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सोही समूहको अर्को खेलमा फ्रान्सले स्विडेनलाई १–० ले हराएको छ । गएराति नै भएको अर्को खेलमा आइसल्याण्डलाई १–० गोल अन्तरले हराउँदै इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । जितसँगै लिग ’ए’ समूह–२ मा इंग्ल्यान्डले ३ अंक जोडेको छ । सोही समूहको खेलमा बेल्जियमले डेनमार्कलाई २–० ले हराएको छ । गत विश्वकपको सेमिफाईनल खेलेको बेल्जियमले डेनमार्कबिरुद्ध सहज जित निकालेको हो । यसैगरी गएराति नै भएका अन्य खेलहरुमा लिग ‘सी’ समूह–२ मा नर्थ म्यासेडोनियाले अर्मेनियालाइ २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा जर्जियाले इस्टोनियालाई १–० ले हराएको छ ।लिग ‘डी’ समूह –२ को खेलमा ज्रिबाल्टारले सान मारिनोलाई १–० ले हराएको छ ।सी’ समूह–१ अन्तर्गत भएको खेलमा लक्जेमवगले अजरवैजानलाई २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा मोन्टेनेग्रोले साइप्रसलाई २–० ले पराजित गरेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया