

निर्दोष अर्जुनको गजल


बादल मडारिएको दिन अप्रिय समाचार आउनेछ,
जब त्यो धड्कन बाटै मेरो नाम बारबार आउनेछ!!
सपना हो या बिपना तिमी सोचमा डुब्ने छौ प्रिय्,
तब ती नयन अगाडि यो निर्दोष अनुहार आउनेछ!!
घर परिवार त्यागेर तिमिलाई प्रेम गरेको मान्छे म,
बा-आमाको नजरमा केवल कुलङ्घार आउनेछ!!
त्यो अन्तिम पत्र खोल्दा आँखा रसाउलान कति,
जब देखिन्छ अक्षरमा रगत मनमा प्यार आउनेछ!!
सम्झना आउला ती अतितका पल पत्र पढिरहदा,
तिम्रै प्यारमा लिखित एक गजल दमदार आउनेछ!!
अचानक होस हराउछ बर्बराउदै अतालिन्छौ तब,
अर्जुन मरेको संदेश लिई एक गजलकार आउनेछ!!
निर्दोष अर्जुन वाणगंगा ९- जिनुवा कपिलवस्तु


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया