

निर्दोष अर्जुनको गजल



बादल मडारिएको दिन अप्रिय समाचार आउनेछ,
जब त्यो धड्कन बाटै मेरो नाम बारबार आउनेछ!!
सपना हो या बिपना तिमी सोचमा डुब्ने छौ प्रिय्,
तब ती नयन अगाडि यो निर्दोष अनुहार आउनेछ!!
घर परिवार त्यागेर तिमिलाई प्रेम गरेको मान्छे म,
बा-आमाको नजरमा केवल कुलङ्घार आउनेछ!!
त्यो अन्तिम पत्र खोल्दा आँखा रसाउलान कति,
जब देखिन्छ अक्षरमा रगत मनमा प्यार आउनेछ!!
सम्झना आउला ती अतितका पल पत्र पढिरहदा,
तिम्रै प्यारमा लिखित एक गजल दमदार आउनेछ!!
अचानक होस हराउछ बर्बराउदै अतालिन्छौ तब,
अर्जुन मरेको संदेश लिई एक गजलकार आउनेछ!!
निर्दोष अर्जुन वाणगंगा ९- जिनुवा कपिलवस्तु


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया