

आज मानव बेचविखन विरुद्धको दिवस, मन्त्री बरालद्धार एक सन्देश जारी



भदौ २० बुटवल ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मानव बेचबिखन तथा ओसारपसार जस्तो कलंकलाई निर्मुल पार्ने संकल्प गर्न आह्वान गरेका छन् । आज शनिबार परेको चौधौ राष्ट्रिय बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसका अवसरमा एक सन्देश जारी गर्दै मन्त्री बरालले राज्य संयन्त्रको सुदृढिकरण गर्दै अपराधमा संलग्न जो सुकैलाई कडा दण्ड सजायको प्रभावकारी कार्यान्वय र समाजको आमुल परिवर्तन नै समस्याको दिर्घकालिन समाधान भएको उल्लेख गरेका छन् ।
सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२’ लाई २०६३ भाद्र २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भाद्र २० का दिन यो दिवश मनाईदै आएको छ । ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्यः सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’(नाराको साथ मनाउन लागिएको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको चौधौ राष्ट्रिय दिवसको अवसरमा मन्त्री बरालले सबैलाई अभियानमा जुट्न प्रेरणा प्रदान हुने विश्वास व्यक्त गरेका छन् । ‘मानव बेचविखन तथा ओसारपसार एक जघन्य अपराध हो । २१ औं शताब्दीको यस सभ्य युगमा समेत यस्ता अपराध हुनु मानवजातिको लागि एक कलंक हो । चौधौ दिवशको यस अवसरमा हामीले यो कलंकलाई निर्मुल पार्ने संकल्प गरौ ।’ शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरितका कार्य गर्न बाध्य तुल्याइने अवस्था अहिले पनि यदाकदा देखिएको जनाउँदै मन्त्री बरालले यस प्रकृतीका अपराधले मानव वेचविखन विरुद्धको अभियानलाई चुनौती थपेको उल्लेख गरे । ‘अझ यस्तो अपराधबाट महिला तथा बालवालिकाहरु वाम्वार पिडित हुने घटनाहरुले हामीलाई थप संवेदनशील बनाएको छ ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
‘राज्य संयन्त्रको सुदृढिकरण गर्दै यस अपराधमा संलग्न जो सुकैलाई कडा दण्ड सजायको प्रभावकारी कार्यान्वय र समाजको आमुल परिवर्तन नै यो समस्याको दिर्घकालिन समाधान हो भन्नेमा हामी स्पष्ट छौं । मानव बेचविखन तथा ओसारपसारलाई पुर्ण रुपमा नियन्त्रणमा लिने सरकारको अभियानलाई सहयोग गर्नु सवैको दायित्व हो । यो दिवशले हामी सम्पुर्ण सचेत अभियान्ताहरुमा दायित्ववोध गराउनेछ ।’ सन्देशमा उल्लेख छ ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया