
कांग्रेसमा मनोनयन विवाद : केन्द्रीय सदस्यहरुको जुम मिटिङ बोलाइयो

भदौ २० काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ ।
केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् ।केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताए । ‘विधिको उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन बस्नेसम्मको तयारी गरिएको छ,’ घिमिरेले भने ।
सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेका थिए । देउवाले हालसम्म २० वटा विभागमा करिब ९ सय नेता, कार्यकर्ताहरुलाई मनोनयन गरेका छन् । यी मनोनयन एकलौटी भएको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ ।
विगतमा सुशील कोइराला पार्टी सभापति हुँदा देउवाले गलत काम भएको भन्दै धर्ना बसेको र अल्टिमेटम दिएको स्मरण गर्दै घिमिरेले भने, ‘शेरबहादुर दाइ हाम्रो पार्टी सभापति, संरक्षक, अभिभावक हुनुहुन्छ । हामी उहाँका अशल अनुयायी हौं, उहाँ पार्टी सभापति नहुँदा जुन बाटो खन्नु भएको थियो, हामीले अहिले शेरबहादुर दाइकै बाटोलाई अनुशरण गर्दैछौं ।’
पौडेल पक्षले विभाग गठन, क्रियाशील सदस्यता वितरण र भ्रातृसंस्थाको कार्यकाल थपका विषयमा असन्तुष्टि जनाएको छ । महाधिवेशनको आचारसंहिता र विधान विपरीत विभागहरु गठन गरिएको भन्दै पौडेल पक्षले तिनलाई खारेज गर्न माग गर्दै आएको छ ।
विभाग गठनप्रति पौडेल पक्ष सुरुदेखि नै असन्तुष्ट थियो । त्यसको विरोधमा पौडेल पक्षले देउवालाई विरोधपत्र समेत बुझाएको थियो । तर पनि देउवाले विभाग गठन र मनोनयनलाई निरन्तरता दिएपछि पौडेल समूहमा सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठेको छ ।
सभापति देउवाले पछिल्लो पटक एनपी सावद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गरेका छन् ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया