

बाँकेमा दुई दिन निषेधाज्ञा




भदौ १९, बाँके
बाँकेमा कोरोेना भाइरस संक्रमण फैलन नदिन आज र भोलि सर्वसाधारणलाई हिँड्डुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। सातामा दुई दिन निषेधाज्ञालाई कडाईका साथ लागु गर्दा कोरोना संक्रमणको चेन टुट्ने र संक्रमण नियन्त्ररण आउने विज्ञहरुको सुझावपछि कोभिड व्यवस्थापन संकट समितिको भदौ १२ गतेको बैठकले हरेक शुक्रबार र शनिबार सर्वसाधारणहरुलाई हिँड्डुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। निषेधाज्ञाको अवधिमा औषधि, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, विद्युत्, दूरसञ्चार, एटिएम र फोहोरमैला व्यवस्थापन सेवाबाहेक अन्य सबै सेवामा रोक लगाइएको छ। निषेधाज्ञालाई कडाईका साथ पालना गराउन ठूलो संख्यामा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ।

प्रतिक्रिया