

राप्ती नदीमा भेटियो एक महिलाको शब



भदौ १७ दाङ ।
दाङ जिल्लाको देउखुरी स्थित राप्ती नदीमा एक बेबारिसे महिलाको शब फेला परेको छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४०र४५ बर्षीया एक महिलाको शब फेला परेको हो ।
आज बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदी किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेको अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियो बलाउजु, निलो रंगको पेटिकोटको इजारा र निधारमा समान्य चोट लागेको मंगोलियन तथा पहाडिमुलको जस्तो देखिने शब फेला परेका ईला प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिनुभयो ।
शब कुन ठाउँबाट कसरी आईपुग्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सारूले बताउनुभयो । शबको अहिले सम्म सनाखत हुन नसकेको राप्ती गाउँपालिका वार्ड नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिनुभयो ।उक्त शबलाई लमही अस्पतालको शब गृहमा पठाईसकिएको प्रहरीले बताएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया