

राप्ती नदीमा भेटियो एक महिलाको शब

भदौ १७ दाङ ।
दाङ जिल्लाको देउखुरी स्थित राप्ती नदीमा एक बेबारिसे महिलाको शब फेला परेको छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४०र४५ बर्षीया एक महिलाको शब फेला परेको हो ।
आज बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदी किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेको अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियो बलाउजु, निलो रंगको पेटिकोटको इजारा र निधारमा समान्य चोट लागेको मंगोलियन तथा पहाडिमुलको जस्तो देखिने शब फेला परेका ईला प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिनुभयो ।
शब कुन ठाउँबाट कसरी आईपुग्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सारूले बताउनुभयो । शबको अहिले सम्म सनाखत हुन नसकेको राप्ती गाउँपालिका वार्ड नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिनुभयो ।उक्त शबलाई लमही अस्पतालको शब गृहमा पठाईसकिएको प्रहरीले बताएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया