

रोल्पा बन्यो कोरोना मुक्त



भदौ १६ रोल्पा
आजबाट रोल्पा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ । रुन्टीगढी गाउँपालिकाका एक सङ्क्रमित डिस्चार्ज भएर घर गएसंगै कोरोना सङ्क्रमितको संख्या शुन्य भएको हो ।
जिल्लामा रहेको अस्थायी आईसोलेशन केन्द्रले गएराती विज्ञप्ति निकाल्दै पहिलो सङ्ंक्रमित भेटिएको ८२ औ दिनमा १ जना ब्यक्ति कोरोना भाईरसबाट मुक्त भई डिस्चार्ज भएको जानकारी गराउदै अब जिल्लामा सङ्क्रमित नभएको बताएको छ ।
गत जेठ २९ गते ३ जनामा सङ्ंक्रमण देखिएसंगै जलजलन बहुमुखी क्याम्पसमा तयार गरिएको अस्थायी आईसोलेशन केन्द्र ७५ जना सङ्क्रमितलाई राखेको थियो ।
सङ्क्रमित शुन्य भए पनि जिल्ला कोभिड संकट ब्यबस्थापन समितिको निर्णय अनुसार अस्थायी आईसोलेशन केन्द्रलाई चौबिसै घण्टा तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले सम्म जिल्लामा २ हजार ४ सय ४९ जनाको स्वाब संकलन गरिएकोमा २ हजार ३ सय ९१ जनाको परिक्षण गरिएको बताउनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया