

बुटवलमा सडक मिचेर बनाएका घरहरु भत्काइयो



साउन २१, रुपन्देही बुटवलमा सडक मिचेर बनाएका घरहरुमा डोजर लगाएर आज विहानै भत्काइएको छ । बुटवल उपमहानगरपालिकाको वडा नं ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाएका घर भत्काउन डोजर चलाएको हो ।
कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना अनुरुप ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
पटक पटक सडकको क्षेत्राधिकार मिचेका घरहरु भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिकापथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ । यो सडकको विस्तारको कामका लागि प्रदेश ५ सरकारले बजेट व्यवस्था गर्नेछ । २०५४ सालमै यो सडकलाई ८२ फुट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया