

स्याङ्जामा जुवाडेमा पनि देखियो कोरोना


साउन २१, काठमाडौं /कारोनाको महामारीमा स्याङ्जामा दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ। साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले छ जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टी भएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पुरा गरेर छोडिएको थियो। प्रहरीबाट छुटेर घर पुगेका युवालाई पीसीआर टेष्ट गर्दा साउन १८ गते कोरोना पुष्टि भएको थियो। युवामा कोरोना सङक्रमण भेएिपछि निजको सम्पर्कमा आएका ३८ जनाको स्वाब लिएर परीक्षणमा सात जनामा कोरोना प्रमाणित भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले बताए। युवाको सम्पर्कमा आएका आफ्नै घरका आमा, बुवा, दाई र श्रीमतीमा कोरोना देखिएको हो भने अन्य तीन जना गाउँले रहेका छन्। पक्राउ परेका जुवाडेलाई होम क्वारेन्टाइनमा राख्ने सहमतिमा लगेपनि क्वारेन्टाइनमा नराख्दा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। क्वारेन्टाइन बाहिरका सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चाल, सरसफाईकर्मी, प्रहरी परिवार, भान्से र स्थानिय गरी ५९ जना नागरिकमा कोरोना सङक्रमण देखिएको छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया