

आत्महत्या गर्नेको संख्या बढ्दै


२१ श्रावण २०७७, बुधबार
डडेल्धुरामा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएकोे छ । गत आर्थिक वर्ष अर्थात् २०७४ को साउनदेखि २०७७ को हालसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ७१ जनाले आत्महत्या गरेका छन् ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल मुद्दा ९२ रहेका छन् । यसमध्ये सबैभन्दा बढी आत्महत्याका मामिला भएको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
डीएसपी न्यौपानेका अनुसार यसले एकातिर अपराध बढ्दै गएको देखिन्छ भने अर्कातर्फ प्रहरीको सक्रियता बढेसँगै मुद्दाको संख्यामा वृद्धि भएको हुन सक्ने अनुमान छ । कोरोना महामारीका बेला जारी लकडाउनको समयमा डडेल्धुरामा सबैभन्दा बढी आत्महत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७३÷७४ मा ५० वटा, २०७४÷७५ मा ५१, वटा ०७५÷७६ मा ८० वटा र ०७६÷७७ मा ९२ मुद्दा दर्ता भएको डीएसपी न्यौपानेले जानकारी दिनुभयो । आत्महत्या तथा महिला हिंसाविरुद्धका घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया