

कोरोना संक्रमितको सम्पर्कमा आएकाको खोजी कार्य ‘कन्ट्याक्ट ‘ट्रेसिङ’ के हो, किन गरिन्छ, कसरी गरिन्छ?


धेरैलाई कन्ट्याक्ट ट्रेसिङ के हो भन्नेबारे अलमल भएको पनि देखिन्छ। कति व्यक्तिहरुले स्वाब संकलन गर्ने कार्यलाई कन्ट्याक्ट ट्रेसिङ भनेको पनि सुनिन्छ।
सामान्य अर्थमा भन्नुपर्दा कन्ट्याक्ट ट्रेसिङ भनेको संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुकोy खोजी गरेर विवरण संकलन गर्ने कार्य हो।

इपिडिमियोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर हालसम्म कन्ट्याक्ट ट्रेसिङका लागि एक हजार ७५ वटा टिमले काम गरिरहेका छन्।
कोरोना संक्रमण नियन्त्रण गर्ने कार्यमा कन्ट्याक्ट ट्रेसिङ सबैभन्दा उत्तम उपाय मानिन्छ। जति धेरै कन्ट्याक्ट ट्रेसिङ गर्न सकियो त्यति नै रोग नियन्त्रणमा सहयोग पुग्ने भएले जनस्वास्थ्य विज्ञहरुले पनि कन्ट्याक्ट ट्रेसिङ बढाउन सुझाव दिँदै आएका छन्।
कुनै पनि रोग लागेको व्यक्तिबाट अरु व्यक्तिहरुमा उक्त रोग नसरोस् भनेर अपनाइने विधिमध्येको एक कन्ट्याक्ट ट्रेसिङ हो। जसमा कुनै पनि संक्रमितको नजिकको सम्पर्कमा आएको व्यक्तिको परीक्षण गर्ने, मूल्यांकन गर्ने र सो व्यक्तिलाई रोगको कुनै लक्षण छ भने व्यवस्थित गर्ने कार्य हुन्छ। हाल यो विधि कोभिड–१९ को नियन्त्रणका लागि विश्वभर अपनाइएको छ।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका डा दीपेन्द्र गौतम कोभिड–१९ रोग लागेका कुनै पनि व्यक्तिको नजिकको सम्पर्कमा आएका व्यक्तिमा यो सर्न सक्ने सम्भावना अत्याधिक हुने भएकाले यस्ता व्यक्तिको पहिचान गर्न सके समुदायमा फैलनबाट रोक्न सकिने बताउँछन्।
कन्ट्याक्ट ट्रेसिङ गर्न किन आवश्यक छ, यसको महत्व के छ? भन्ने जिज्ञासाको जवाफ दिँदै नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रोग्राम फर इम्युनाइजेसन प्रिभेन्टेबल डिजिजेज टिमका प्रमुख डा अनिन्द्य शेखर बोस एउटा पोखरीमा सानो ढुङ्गा फाल्दा जसरी पोखरीमा तरंग आउँछ, कोरोना भाइरस पनि समुदायमा गयो भने त्यो ढुङ्गाले जस्तै तरंग ल्याउने र सबैलाई जोखिममा पार्ने बताउँछन्।
कोही व्यक्ति संक्रमित भए ती व्यक्तिलाई सम्पर्क गरी आवश्यक विवरण संकलन गर्ने काम गरिने । विवरण संकलनका क्रममा खटिएको टिमले उक्त व्यक्ति कहाँबाट आएको हो, स्रोत के हो, कहाँ बसेको हो, उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको बारेमा पनि विवरण लिने काम हुन्छ।
कन्ट्याक्ट ट्रेसिङ लामो प्रक्रिया भएकाले काम गर्ने क्रममा केही कठिनाइ आएको डा. बताउँछन्। सीमित स्रोत–साधन र जनशक्तिको कारणले चाहेजस्तो कन्ट्याक्ट ट्रेसिङ गर्न नसकेको बताए।
यदि कुनै व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा परेको छ भने ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिन्छ। उनीहरुको हरेक दिन अवलोकन गरिन्छ। दुई हप्ताको अवधिमा ती व्यक्तिमा कुनै पनि लक्षण देखियो भने तत्काल पिसिआर परीक्षण गरी आइसोलेनमा सारिन्छ र उपचार गरिन्छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय भनेको नै कम्तीमा एक मिटर सामाजिक दूरी कायम राख्ने, मास्कको उचित प्रयोग गर्ने र नियमित हात धुने नै हो। हामीले यी बानी बसाल्न सके कोरोना संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया