

कपिलवस्तुमा स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ



ई–साझाकुरा, साउन २१
कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपाल आउदै गरेका उनलाई वबशेष सूचनाका आधारमा मायादेवी गाउंपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
पक्राउ परेका सोनारको साथबाट १ हजार रुपैयाँका १२ गड्डी र ५ सय रुपैयाँका नोटका ८ गड्डी बरामद गरेको उनले बताए ।
पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सोनारले नेपालबाट भारततर्फ सुनको अवैध कारोवार गर्दै आएको प्रहरीको दावी छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया