

लेबनानको राजधानी बेरुतमा विस्फोट : ७० जनाको ज्यान गयो, चारहजार भन्दा बढी घाइते

एजेन्सी,ई–साझाकुरा, साउन २१
लेबनानको राजधानी बेरुतमा मंगलबार विस्फोट हुँदा कम्तिमा ७० जनाको ज्यान गएको छ । चार हजार भन्दा बढी घाइते भएका त्यहाँकाे स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ ।
भारी विस्फोटक सामाग्री भएको गोदाममा विस्फोट भएको हाे । राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गर्नुभएको छ । उहाँले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसक्नुभएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २४० किलोमिटर पर साइप्रससम्म सुनिएको बताइएको छ । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । सामाजिक सञ्जालमा देखिएका भिडियोको दृश्य निकै डरलाग्दो देखिन्छ ।
यो विस्फोट २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री अफिक हरिरिको हत्याबारे अदालती सुनुवाइ हुनुभन्दा केही समय पहिले मात्रै भएको हो । मंगलबार आरोपीमाथि अदालतको सुनुवाइ हुदै थियो ।
तर अहिलेसम्म विस्फोटको कारण पत्ता लागेको छैन । कसैले यसलाई एउटा दुर्घटनाको रुपमा लिएका छन् भने कसैले नियाेजित घटना बताएका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीलेले तटीय क्षेत्रमा रहेको विस्फोटक केन्द्रमा आगो लागेका कारण विस्फोट भएको जनाएको छ ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया