

विज्ञको प्रधानमन्त्रीलाई सुझाव , २ हप्ता लकडाउन



काठमाण्डाै उपत्यकासहित देशभरि नै कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले दुई हप्ता लकडाउन बढाउनेदेखि कर्फ्यु लगाउनुपर्नेसम्मका सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लकडाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो ।
सुरुमा भारतलगायत तेस्रो देशबाट आउनेहरुमा सङ्क्रमण देखिने गरेकोमा पछिल्लो समय नेपालमै बस्ने एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिरहेकाले १५ दिन कडा लकडाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ अपनाउने गरी अगाडि बढ्नुपर्ने पाण्डेले बताउनुभयाे ।

केही विज्ञहरुले भने लकडाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले सङ्क्रमण देखिएका निश्चित ठाउँहरु सिल गरी सीमा नाकामा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।
अर्का जनस्वास्थ्यविज्ञ डाक्टर समीरमणि दीक्षितले लकडाउन गरेर कोरोना पूर्णरुपमा नियन्त्रणमा नआउने भएकाले बढी सङ्क्रमण फैलिएको क्षेत्रमा कडाइ गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै उहाँले सबैका सल्लाह सुझावअनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।
नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञ सहभागी छलफलपछि प्रधानमन्त्री ओलीले सुझावहरु कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभयो ।
प्रधानमन्त्रिका प्रेस सल्लाहका सूर्य थापाका अनुसार स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर ठाेस कदम चाल्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अन्तिम अपडेट: साउन २०, २०७७


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया