

पहिरोका कारण अवरुद्ध १८ सडकखण्ड अझै खुल्न सकेनन्





साउन २०, २०७७ मंगलबार
काठमाण्डौ – बाढी पहिरोका कारण अवरुद्ध १८ वटा सडकखण्ड लामो समयसम्म पनि खुलेको छैन ।
उहाँका अनुसार ६१ वटा सडकखण्ड भने एकतर्फी रुपमा आलोपालो गरी सञ्चालन भइरहेका छन् । केही सडकखण्ड पानी पर्न कम भएपछि खुलाउने गरे पनि फेरि पानी पर्न थालेपछि बाढी, पहिरोलगायतका कारणले अवरुद्ध हुने गरेको छ ।

साँफेबगर-मार्तडी सडकखण्ड झण्डै एक महिनादेखि बन्द छ । गएको असार २५ गते बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध भएको यो सडकखण्ड खुलाउन अझै कति समय लाग्छ भन्ने यकिन नभएको सडक विभागले जनाएको छ ।
यस्तै पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड पनि सञ्चालनमा नआएको पनि झण्डै १ महिना हुन लागेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यो सडकखण्डको अम्कोट-ताप्रीसेरा-घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ ।
ठाउँ-ठाउँमा पहिरो गएपछि साउन ६ गतेदेखि अवरुद्ध महाकाली राजमार्ग अन्तर्गत सतबाँझ-दार्चुला सडकखण्ड पनि खुल्न सकेको छैन । ठाउँ-ठाउँमा पहिरो गएपछि अवरुद्ध कान्ति लोकपथ पनि लामो समयदेखि खुलेको छैन।
साउन ४ गतेदेखि बेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागं-रुप्से-खहरेखोला-काइकुखोला-घासा-लेते सडकखण्ड अवरुद्ध छ । ठाउँ-ठाउँमा पहिरो जाँदा र सडक भासिँदा यी सडकखण्ड अवरुद्ध भएका हुन् ।
यस्तै पहिरोका कारण अवरुद्ध रसुवागढी नाका जोड्ने सडक पनि ठप्प नै छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया