

पहिरोका कारण अवरुद्ध १८ सडकखण्ड अझै खुल्न सकेनन्



साउन २०, २०७७ मंगलबार
काठमाण्डौ – बाढी पहिरोका कारण अवरुद्ध १८ वटा सडकखण्ड लामो समयसम्म पनि खुलेको छैन ।
उहाँका अनुसार ६१ वटा सडकखण्ड भने एकतर्फी रुपमा आलोपालो गरी सञ्चालन भइरहेका छन् । केही सडकखण्ड पानी पर्न कम भएपछि खुलाउने गरे पनि फेरि पानी पर्न थालेपछि बाढी, पहिरोलगायतका कारणले अवरुद्ध हुने गरेको छ ।

साँफेबगर-मार्तडी सडकखण्ड झण्डै एक महिनादेखि बन्द छ । गएको असार २५ गते बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध भएको यो सडकखण्ड खुलाउन अझै कति समय लाग्छ भन्ने यकिन नभएको सडक विभागले जनाएको छ ।
यस्तै पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड पनि सञ्चालनमा नआएको पनि झण्डै १ महिना हुन लागेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यो सडकखण्डको अम्कोट-ताप्रीसेरा-घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ ।
ठाउँ-ठाउँमा पहिरो गएपछि साउन ६ गतेदेखि अवरुद्ध महाकाली राजमार्ग अन्तर्गत सतबाँझ-दार्चुला सडकखण्ड पनि खुल्न सकेको छैन । ठाउँ-ठाउँमा पहिरो गएपछि अवरुद्ध कान्ति लोकपथ पनि लामो समयदेखि खुलेको छैन।
साउन ४ गतेदेखि बेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागं-रुप्से-खहरेखोला-काइकुखोला-घासा-लेते सडकखण्ड अवरुद्ध छ । ठाउँ-ठाउँमा पहिरो जाँदा र सडक भासिँदा यी सडकखण्ड अवरुद्ध भएका हुन् ।
यस्तै पहिरोका कारण अवरुद्ध रसुवागढी नाका जोड्ने सडक पनि ठप्प नै छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया