

कपिलवस्तु सहित देशभर जनै पूर्णिमा मनाइयो


साउन १९कपिलवस्तु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले रक्षा वन्धन र जनै पुर्णीमाको अवसरमा सबै हिन्दुधर्मावलम्बिहरुमा शुभकामना दिएको छ । नेकपा जिल्ला अध्यक्ष झवीलाल पोख्रेल र सचिव रामचनद्र शाह( विष्णु) द्धारा जारी एक प्रेस विज्ञप्ती मार्फन नेपाली हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा धागो र बन्धनको चाडको रुपमा परिचित यस पर्वले सबै जाती, समुदाय बीचको आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गर्ने कार्यमा प्रेरणा प्रदान गदै मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
त्यस्तै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गर्दै देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको जनउँदै सबैको सझा पर्वको रुपमा मनाउनुपर्नेमा पनि जोड दिइएको छ ।
यसैबिच यता कपिलवस्तुका मुख्य मुख्य मठहरुमा श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज बिहानै देखि भक्तजनहरुको भिड लगेको थियो । रक्षा बन्धन तथा जनैको बैदिक परमपराअनुसार पुजा गरी हिन्दु परम्पराअनुसार डोरो बाधिएको छ भने पुरुषहरुले जनै फेर्ने काम गरेका छन् । नेपालमा हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ ।
आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गेको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ ।
यसदिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्त्र जपि त्यसलाई धारण गर्ने प्रचलन छ ।
आज कपिलवस्तुका विभिन्न शिव मन्दिरहरुमा धर्मावलम्बिहरुले पुजाअर्चना गरी दिनैभर घरपरिवार र आफन्तजनसँग पुगि रक्षाबन्धन मनाएका छन् । त्यस्तै तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सु(स्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।
यसैबिच उता रक्षा बन्धन तथा जनै पुर्णिमाको अवसरमा कपिलवस्तुको बुद्द्भुमी नगरपालिका वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत तिलकले एक समाजिक सहयोग र सहकार्यका बिच पर्व मनाउनुभएको छ । वडा अध्यक्ष बस्नेतले आफ्नी स्व आमा गोमादेवी बस्नेतको सम्झनामा तारकेश्वोर धाम बुद्धभुमी १ पत्थरकोटलाई अक्षयकोष स्थापनार्थका रु १ लाख ११ हजार १ सय ११ रुपैँया प्रदान गर्नुभएको छ । स्वर्गीय आमाको संम्झनामा वडा अध्यक्ष बस्नेतले अक्षयकोष स्थापना गर्नुभएको हो । त्यस्तै स्थानिय शिक्षक बलराम बस्नेतले समेत मन्दिरका लागि जिन्सि सामान स्वरुप पंखा जडानका लागि सहयोग गर्नुभएको छ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया