

दाङमा समुदायस्तरमा कोरोना परीक्षण





साउन १९,दाङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेको र बढी जोखिम देखिएको क्षेत्र छनोट गरी समुदायस्तरमा पनि परीक्षण गरिन थालिएको छ।
१० स्थानीय तहमध्ये ५ तहमा परीक्षण थलिएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलका अनुसार तुलसीपुर, घोराही, लमही, गढवा र राप्ती गाउँपालिकालाई छनोट गरिएको छ। हालसम्म तुलसीपुरबाहेक अन्य क्षेत्रमा स्वाब संकलनको काम भइसकेको छ। अब तुलसीपुरमा १ घरबाट १ जनाको नमुना संकलन गरिने पौडेलले बताइन्। यी ५ स्थानीय तहमा गरेर २ सय स्वाब संकलन गरिने उनले जानकारी दिए। आइतबारसम्म ४ पालिकामा १ सय ९४ वटा स्वाब नमुना संकलन गरिएको छ ।
अब ५१ वटा स्वाब तुलसीपुरबाट संकलन गरिने जनाइएको छ। जसअनुसार घोराही उपमहानगरपालिकाका जनपथ प्रहरी, सशस्त्र प्रहरी र बैंकबाट लिइएको ५१ वटा स्वाबको रिपोर्ट भने नेगेटिभ आएको छ। अन्यको रिपोर्ट भने आउन बाँकी छ। लमहीमा अत्यधिक भिडभाड हुने व्यापारिक स्थानबाट ३६ वटा नमुना संकलन गरिएको छ। राप्तीमा २२ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो भने गढवामा ४० जनाको। परीक्षणका लागि बुटवलस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
प्रदेश ५ सरकारले प्रदेशका ६ जिल्लामा समुदाय स्तरमा कोरोना परीक्षण गर्ने भनेको छ । दाङसहित अर्घाखाँची, नवलपरासी, रुपन्देही, बर्दिया र कपिलवस्तुबाट १२ सयको र्यान्डम स्याम्पलिङ विधिबाट नमुना छनोट गर्ने प्रदेश सरकारले जनाएको छ। दाङमा अब २३ जना मात्र कोरोना संक्रमित निको हुन बाँकी छन् ।
जिल्लामा ६ सय ६७ जनामा संक्रमण पुष्टि भएकोमा अब प्रदेश सरकारले स्थापना गरेको बेलझुण्डी आइसोलेसन अस्पतालबाट ७ जना, देउखुरीस्थित राप्ती आइसोलेसन सेन्टरबाट १६ जना संक्रमित डिस्चार्ज हुन बाँकी छन्।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया