

फुटबल टिमको बन्द प्रशिक्षणका लागि ३२ खेलाडी सम्पर्कमा, एक खेलाडी व्यक्तिगत कामले रोकिए



ई–साझाकुरा, साउन १९
फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा ३२ खेलाडी सम्पर्कमा आएका छन्। एक खेलाडी भने व्यक्तिगत कामले काठमाडौं आउन पाएका छैनन्।
घरेलु मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीका सबै खेलाडी सम्पर्कमा आइसकेको र एक खेलाडी भने व्यक्तिगत कामले काठमाडौं आउन नसकेको नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिएका हुन्। 
भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो। त्यसअघि सबै खेलाडीलाई क्वारेन्टिनमा राखिनेछ भने पिसिआर परीक्षण पनि गरिनेछ।विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड—१९) का कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो। त्यसयता सम्पूर्ण फुटबल गतिविधि स्थगित भएका थिए।
तर जुन ५ मा एशियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टीमको प्रशिक्षण थाल्न दबाब परेको थियो।
एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तय छ। त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ।
छनोट खेलका लागि भदौ पहिलो साता भित्र खेलाडीको पिसिआर परिक्षण गरेर सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई अभ्यास गराउने तयारी भइरहेको उपाध्यायले जानकारी दिए। बन्द प्रशिक्षणमा रहदा खेलाडीले विभिन्न समूहमा रहेर अभ्यास गर्ने व्यवस्थापक उपाध्यायले जानकारी दिए।
एन्फाले घरेलु छनोट खेल दर्शक विना खेलाउने तयारीका साथ मैदानको मर्मत कार्यलाई पनि तीब्रता दिइरहेको छ। छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ।
नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया