
वीरगन्जमा एउटै वडाका ४६ सहित थपिए ७४ कोरोना संक्रमित




ई–साझाकुरा, साउन १९
वीरगन्जमा थप ७४ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा वीरगन्ज महानगरपालिका-११ श्रीपुरका मात्र ४६ जना संक्रमित रहेको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। संक्रमितहरूमध्ये एकजना पत्रकार पनि छन्। अर्को एकजना बाराका छन् भने बाँकी सबै वीरगन्ज निवासी हुन्।
संक्रमितहरूमा अधिकांश २० देखि ४० उमेर समुहका छन्। केही संक्रमित भने ६० वर्ष माथिका पनि रहेको डा. सिंहले जनाए।
थपिएका संक्रमितहरूमध्ये लक्षण देखिएकालाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। लक्षणविहीन अवस्थाका संक्रमितलाई भने होम आइसोलेसनमै राखिने छ।
पछिल्लो समय वीरगन्जमा दैनिक संक्रमण दर बढ्दो क्रममा रहेको छ। साउन महिना यता मात्र वीरगन्जमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ।
वीरगन्जमा संक्रमण समुदायमै फैलिएको बताइएको छ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया