

वीरगन्जमा एउटै वडाका ४६ सहित थपिए ७४ कोरोना संक्रमित


ई–साझाकुरा, साउन १९
वीरगन्जमा थप ७४ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा वीरगन्ज महानगरपालिका-११ श्रीपुरका मात्र ४६ जना संक्रमित रहेको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। संक्रमितहरूमध्ये एकजना पत्रकार पनि छन्। अर्को एकजना बाराका छन् भने बाँकी सबै वीरगन्ज निवासी हुन्।

संक्रमितहरूमा अधिकांश २० देखि ४० उमेर समुहका छन्। केही संक्रमित भने ६० वर्ष माथिका पनि रहेको डा. सिंहले जनाए।
थपिएका संक्रमितहरूमध्ये लक्षण देखिएकालाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ। लक्षणविहीन अवस्थाका संक्रमितलाई भने होम आइसोलेसनमै राखिने छ।
पछिल्लो समय वीरगन्जमा दैनिक संक्रमण दर बढ्दो क्रममा रहेको छ। साउन महिना यता मात्र वीरगन्जमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ।
वीरगन्जमा संक्रमण समुदायमै फैलिएको बताइएको छ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया