



पहिरोको कारण भालुबाङ रोल्पा सडकखण्ड अवरुद्ध

साउन १९, काठमाण्डौ / पहिरोको कारण भालुबाङ(रोल्पा सडकखण्ड अवरुद्ध भएको छ । प्युठानको सरुमारानी गाउँपालिका(४ मा आज बिहान पहिरो खस्दा यो सडकखण्ड अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन पहल भइरहेको प्युठान प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण ४ दिनदेखि अवरुद्ध सुर्खेत(जुम्ला सडकखण्ड पनि सञ्चालनमा आएको छैन ।
दैलेखको घट्टेखोलामा पहिरो गएपछि यो सडकखण्ड बन्द भएको हो । साँफेबगर(मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द नै छ ।
बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । पहिरोका कारण अवरुद्ध बेनी(जोमसोम(कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन ।
ठाउँ(ठाउँमा पहिरो गएकाले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ दार्चुला सडकखण्ड फेरि अवरुद्ध भएको छ । यो सडकखण्ड खुल्ने, बन्द हुने क्रम चलिरहेको छ । ठाउँ(ठाउँमा पहिरो गएकाले रसुवागढी नाका जोड्ने सडक पनि ठप्प छ । बन्द भएको सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया