
पहिरोको कारण भालुबाङ रोल्पा सडकखण्ड अवरुद्ध




साउन १९, काठमाण्डौ / पहिरोको कारण भालुबाङ(रोल्पा सडकखण्ड अवरुद्ध भएको छ । प्युठानको सरुमारानी गाउँपालिका(४ मा आज बिहान पहिरो खस्दा यो सडकखण्ड अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन पहल भइरहेको प्युठान प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण ४ दिनदेखि अवरुद्ध सुर्खेत(जुम्ला सडकखण्ड पनि सञ्चालनमा आएको छैन ।
दैलेखको घट्टेखोलामा पहिरो गएपछि यो सडकखण्ड बन्द भएको हो । साँफेबगर(मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द नै छ ।
बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । पहिरोका कारण अवरुद्ध बेनी(जोमसोम(कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन ।
ठाउँ(ठाउँमा पहिरो गएकाले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ दार्चुला सडकखण्ड फेरि अवरुद्ध भएको छ । यो सडकखण्ड खुल्ने, बन्द हुने क्रम चलिरहेको छ । ठाउँ(ठाउँमा पहिरो गएकाले रसुवागढी नाका जोड्ने सडक पनि ठप्प छ । बन्द भएको सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया