

भीमफेदी कारागारबाट भागे, चितवन आउँदा समातिए



ई–साझाकुरा , साउन १८

प्रहरीले कुलदीपराज धामीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै । तस्बिर : जिल्ला प्रहरी कार्यालय मकवानपुर
भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशील सिंह राठौरले बताए ।
आइतबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले धामीलाई सार्वजनिक गरेको छ । धामी चितवनका २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए ।
कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा धामीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको एसपी राठौरले बताए ।
सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएका थिए । धामीलाई आजै भीमफेदी कारागार पठाइने प्रहरीले जनाएको छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया