

प्रहरी हेडक्वार्टरमा कोरोना आतंक : संक्रमणको स्रोत खोजीमा प्रहरी



ई–साझाकुरा , साउन १८
फेरि लकडाउन होला ?

साउन ११ मा पहिलोपटक प्रहरी हेडक्वार्टरमा चार जनामा कोरोना देखिएको थियो । कोरोना संक्रमिमध्ये २ जना सवारी र २ जना सञ्चार शाखामा कार्यरत थिए । कठायतले भने, ‘सुरुमा संक्रमित चार प्रहरीमा ज्वरो, रुघा–खोकी देखिएपछि परीक्षण गरिएको थियो । सुरुमा संक्रमण पुष्टि भएकाहरुबाट नै संक्रमणको स्रोत खोजी भइरहेको छ ।’
प्रहरी हेडक्वार्टरभित्रै कार्यरत प्रहरी कर्मचारीलाई कसरी कोरोना संक्रमण पुष्टि भयो भनेर चासोको विषय बनेको छ । प्रहरी हेडक्वार्टरमै कोरोना भाइरस कहाँबाट फैलियो भन्ने अध्ययन भइरहेको प्रवक्ता कठायतले बताए ।
उपत्यकाको विभिन्न ठाउँमा हुने जुलुसबाट प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमण फैलिएको हुनसक्ने प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा कार्यरत एक अधिकृतले रातोपाटीसँग भने, ‘सुरुमा कोरोना संक्रमित हुने प्रहरी हेडक्वार्टरभित्रकै एक चालक हुन् ।’
ती चालक उपत्यकामा हुने विभिन्न विरोध तथा समर्थनका जुलुस, सभाको सुरक्षा तथा नियन्त्रणका लागि खटिने प्रहरीको गाडी चलाउँदै आएका थिए । ती अधिकृतले भने, ‘असार अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले निकालेको जुलुसमा पनि गाडी चलाएर ती चालक पुगेका थिए माइतीघर मण्डला ।’
माइतीघर मण्डलामा निकालिएको जुलुसबाट कोरोना संक्रमण फैलिएको हुनसक्ने ती अधिकृतले भने, ‘प्रहरी हेडक्वार्टरबाट ती चालकले गाडी चलाएर गएका थिए, जो प्रहरी हेडक्वार्टरभित्र कोरोना भाइरस संक्रमित हुने पहिलो व्यक्ति हुनसक्छन् ।’
त्यस्तै पछिल्लो समय बालुवाटारमा प्रत्येक दिन ‘इनअफ इज इनअफ’ अभियान्ताहरुले प्रदर्शन गरिरहेका छन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि कोरोना भाइरसको जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।
ती संक्रमितका कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट प्रहरी प्रधान कार्यालयका ७२ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयसहित उपत्यकामा ८५, प्रदेश १ का २९, प्रदेश २ का ४२, गण्डकी प्रदेशका ४८, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् । संक्रमितमा एसपी १ जना, इन्स्पेक्टर ६, सई १२, असई १६, हवल्दार ६९, प्रहरी जवान १५१ र कार्यालय सहयोगी चारजना छन् ।
फेरि लकडाउन होला ?
पछिल्लो समय दिनानुदिन उपत्यकाको चोक–चोकमा प्रदर्शन भइरहेको छ । लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकासहित देशैभर कोरोना संक्रमितहरुको संख्या पनि दिनानुदिन बढेपछि सरकारले भाइरस संक्रमण नियन्त्रण गर्न फेरी लकडाउन गर्ने संकेत गरेको छ ।
लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि गृह मन्त्रालय जोरबिजोर प्रणाली समेत लागू गर्ने तयारीमा छ ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार जोरबिजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी समेत पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले रातोपाटीसँग भने, ‘यस विषयमा आवश्यक छलफल भइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया