

सन्धीखर्कको गच्छेगैरामा नयाँ विद्यालय बन्दै



भदौ १५ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा न। १० गच्छेगैरामा नयाँ विद्यालय निमार्ण हुँने भएको छ ।
६९ लाख ४७ हजार १ सय ३९ रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको उक्त अरनिको आधारभुत विद्यालयको सोमबार एक कार्यक्रमकाबीच राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काले शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद खड्काले जिल्लामा पुर्वाधारका क्षेत्रमा धेरै काम भैरहेको बताए । उनले जिल्लामा सोही प्रकारका ४४ वटा भवनहरु निमार्णको चरणमा रहेको समेत जानकारी दिए । उनले स्थानीय स्तरको पुर्वाधार तथा शैक्षिक विकासको श्रेय सोही क्षेत्रका जनप्रतिनिधि,समाजसेवी,बुद्धिजिवीलाई जाने बताउँदै बिद्यालय निमार्णमा कुनै कमी हुँन नदिने प्रतिबद्धता ब्यक्त गरे ।
यसैगरी कार्यक्रममा सन्धीखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उक्त भवन गुणस्तरिय भए नभएको अनुगमन गरिने बताए । उनले बिद्यालयको भौतिक गुणस्तर मात्र नभै शैक्षिक गुणस्तरमा समेत ध्यान दिने बताए ।
जिल्ला आयोजना कार्यन्यन इकाई ९शिक्षा० अर्घाखाँचीका प्रमुख बलाराम मिश्रले भवनको गुणस्तरमा ध्यान दिने दोहोर्याए । उनले हालको संरचना गुणस्तरिय बनाउन नसके यसले गाउँ नै टुहुरो हुँने स्थित आउने भन्दै भवन निमार्णका बेला आलोपालो अनुगमन गर्ने ब्यवस्था मिलाईने बताए ।
शिलान्यास कार्यक्रममा सन्धीखर्क नगरपाकिका उपप्रमुख ठाकुर कुमार बिक, सन्धीखर्क नगरपाकिका वडा न। १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली,नेकपा नगर कमिटी इन्चार्ज राजेन्द्र भुसाल स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि स्थानीय समाजसेवी तथा बिध्यालयका शिक्षक तथा शिक्षिका लगायतको उपस्थिति रहेको थियोे ।समयपोष्ट


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया