

सन्धीखर्कको गच्छेगैरामा नयाँ विद्यालय बन्दै


भदौ १५ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा न। १० गच्छेगैरामा नयाँ विद्यालय निमार्ण हुँने भएको छ ।
६९ लाख ४७ हजार १ सय ३९ रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको उक्त अरनिको आधारभुत विद्यालयको सोमबार एक कार्यक्रमकाबीच राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काले शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद खड्काले जिल्लामा पुर्वाधारका क्षेत्रमा धेरै काम भैरहेको बताए । उनले जिल्लामा सोही प्रकारका ४४ वटा भवनहरु निमार्णको चरणमा रहेको समेत जानकारी दिए । उनले स्थानीय स्तरको पुर्वाधार तथा शैक्षिक विकासको श्रेय सोही क्षेत्रका जनप्रतिनिधि,समाजसेवी,बुद्धिजिवीलाई जाने बताउँदै बिद्यालय निमार्णमा कुनै कमी हुँन नदिने प्रतिबद्धता ब्यक्त गरे ।
यसैगरी कार्यक्रममा सन्धीखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उक्त भवन गुणस्तरिय भए नभएको अनुगमन गरिने बताए । उनले बिद्यालयको भौतिक गुणस्तर मात्र नभै शैक्षिक गुणस्तरमा समेत ध्यान दिने बताए ।
जिल्ला आयोजना कार्यन्यन इकाई ९शिक्षा० अर्घाखाँचीका प्रमुख बलाराम मिश्रले भवनको गुणस्तरमा ध्यान दिने दोहोर्याए । उनले हालको संरचना गुणस्तरिय बनाउन नसके यसले गाउँ नै टुहुरो हुँने स्थित आउने भन्दै भवन निमार्णका बेला आलोपालो अनुगमन गर्ने ब्यवस्था मिलाईने बताए ।
शिलान्यास कार्यक्रममा सन्धीखर्क नगरपाकिका उपप्रमुख ठाकुर कुमार बिक, सन्धीखर्क नगरपाकिका वडा न। १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली,नेकपा नगर कमिटी इन्चार्ज राजेन्द्र भुसाल स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि स्थानीय समाजसेवी तथा बिध्यालयका शिक्षक तथा शिक्षिका लगायतको उपस्थिति रहेको थियोे ।समयपोष्ट


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया