

शिवराजमा आइसोलेशनको शुभारम्भ



भदौ १५ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ । शिवराज– ५ चन्द्रौटास्थित नलकुुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शुभारम्भ गर्दै प्रदेश सरकार र नगरपालिकाको सहयोगमा आइसोलेशन निर्माण गरिएको बताउनुभयो ।
नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आइसोलेशन निर्माण गरिएकोे बताउनुभयो । यसभन्दा पहिले खरेन्द्रपुरस्थित सुपा देउराली रिसोर्टमा आइसोलेशन निर्माण गरी कोरोना सङ्क्रमितलाई राखिँदै आएकामा अब नयाँ भवनमा राखिएको नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले जानकारी दिनुभयो । सुविधासहितको आइसोलेसन सेन्टर शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया