

शिवराजमा आइसोलेशनको शुभारम्भ


भदौ १५ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ । शिवराज– ५ चन्द्रौटास्थित नलकुुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शुभारम्भ गर्दै प्रदेश सरकार र नगरपालिकाको सहयोगमा आइसोलेशन निर्माण गरिएको बताउनुभयो ।
नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आइसोलेशन निर्माण गरिएकोे बताउनुभयो । यसभन्दा पहिले खरेन्द्रपुरस्थित सुपा देउराली रिसोर्टमा आइसोलेशन निर्माण गरी कोरोना सङ्क्रमितलाई राखिँदै आएकामा अब नयाँ भवनमा राखिएको नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले जानकारी दिनुभयो । सुविधासहितको आइसोलेसन सेन्टर शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया