

बार्सिलोनाको पक्षमा ला लिगा


ई–साझाकुरा, भदौ १५
लिओनल मेसीको विषयमा स्पानिस क्लब बार्सिलोनालाई त्यहाँको लिग ला लिगाले समर्थन गरेको छ ।
ला लिगाले मेसी सम्झौता अर्को सिजनको अन्त्यसम्म रहेकोले उनको ७०० मिलियन युरो रिलिज क्लज कायमै रहेको जनाएको छ । ला लिगाका अनुसार यदि मेसीलाई अन्य कुनै क्लबले अनुबन्ध गर्न चाहेमा ७०० मिलियन युरो नै तिर्नुपर्नेछ ।
गत मंगलबार मेसीले क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको घोषणा गरेपछि यस विषयले अहिले विश्व फुटबल तरंगित बनेको छ ।

मेसी तत्कालै क्लब छाड्न चाहन्छन् भने बार्सिलोना उनलाई बाँकी एक सिजन जसरी पनि क्लबमा राख्ने कसरत गरिरहेको छ ।
उनको रिलिज क्लज ७०० मिलियन युरो रहेकोले अन्य क्लबलाई पनि त्यो रकम तिरेर लैजान कठिन हुनेछ । त्यसैले ला लिगाको पछिल्लो धारणाले गर्दा मेसीलाई अब कठिन पर्न सक्छ ।
मेसीले आफ्नो सम्झौताअनुसार सिजनको अन्त्यमा रिलिज क्लज रद्द गर्न सकिने बुँदा रहेको उल्लेख गर्दै क्लब छाड्न अनुमति माग गरेका छन् । तर बार्सिलोनाले भने त्यो विकल्प जुनमै समाप्त भइसकेको जनाउँदै आएको छ ।
यदि मेसीले यो सिजन बार्सामै खेलेमा अर्को सिजन उनी फ्रि ट्रान्सफरमै अर्को क्लबमा जान सक्नेछन् जसले गर्दा क्लबलाई पनि घाटा हुन सक्नेछ । यस्तै मेसीले बार्सिलोना छाडे ला लिगालाई नै घाटा पर्ने हुँदा ला लिगाले पनि विज्ञप्ती निकाल्दै बार्साको सपोर्ट गरेको देखिन्छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया