

गोंगबु घटनाको अनुसन्धान सकियो : अभियुक्त कल्पनालाई जन्मकैदको माग


ई–साझाकुरा, भदौ १३
केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्या प्रकरणको छानबिन तथा अनुसन्धान गरी अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ ।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराकाे हत्यामा संलग्न मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियाेग स्वीकार गरेको भन्दै अभियुक्त कल्पनालाई जन्मकैदको सजाय माग दाबी गरिएकाे छ । साथै शव व्यवस्थापनमा सहयोग गरेकी उनकी १५ वर्षीया छोरीलाई जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
बोहरा हत्या अनुसन्धान बिहीबार नै सकिएको र अध्ययन प्रतिवेदन हिजाे शुक्रबार मात्र सरकारी वकिल कार्यालयमा बुझाइएको परिसरले जनाएको छ । प्रहरीले बोहोराको हत्यामा संलग्न भएको आरोपमा कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै उनले बोहोराको हत्या योजनाबद्ध रुपमा आफैँले गरेको स्वीकार गरेकी थिइन् । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइतीघर पुगेकी थिइन् ।
पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । शव २५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको अवस्थामा भेटिएकाे थियाे भने टाउको केही पर झोलामा भेटिएको थियो ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया