



गोंगबु घटनाको अनुसन्धान सकियो : अभियुक्त कल्पनालाई जन्मकैदको माग


ई–साझाकुरा, भदौ १३
केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्या प्रकरणको छानबिन तथा अनुसन्धान गरी अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ ।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराकाे हत्यामा संलग्न मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियाेग स्वीकार गरेको भन्दै अभियुक्त कल्पनालाई जन्मकैदको सजाय माग दाबी गरिएकाे छ । साथै शव व्यवस्थापनमा सहयोग गरेकी उनकी १५ वर्षीया छोरीलाई जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
बोहरा हत्या अनुसन्धान बिहीबार नै सकिएको र अध्ययन प्रतिवेदन हिजाे शुक्रबार मात्र सरकारी वकिल कार्यालयमा बुझाइएको परिसरले जनाएको छ । प्रहरीले बोहोराको हत्यामा संलग्न भएको आरोपमा कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै उनले बोहोराको हत्या योजनाबद्ध रुपमा आफैँले गरेको स्वीकार गरेकी थिइन् । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइतीघर पुगेकी थिइन् ।
पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । शव २५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको अवस्थामा भेटिएकाे थियाे भने टाउको केही पर झोलामा भेटिएको थियो ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया