

पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत कारोना संक्रमित विरामीको मृत्यु



ई–साझाकुरा, भदौ १३
पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत कारोना संक्रमित विरामीको मृत्यु भएको छ । तानसेन ८ मदनपोखरा, पीपलडाँडा निवासी ३० बर्षिय महिलाको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार भैइरहेको थियो ।
महिलामा मुटु सम्बन्धि समस्या पहिलै देखि रहेको थियो । उहाँ मुटुको उपचारको लागि अस्पताल आउँदा कोरोनाको लक्षण समेत देखिएकाले उपचारको क्रममा कलेजले स्वाव संकलन गरेको थियो । महिलालाई मेडिकल कलेजको आइसोलेशनमा राखेर उपचार भैरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र आज साँझ निधन भएको मेडिकल कलेजले जानकारी दिएको छ ।
महिलाको निधन पछि सब व्यवस्थापनको लागि जिल्ला सिसिएमसी सँग समन्वय भएको अस्पतालले जानकारी दिएको छ । यस अघि कोरोनाको कारण पाल्पा पूर्वखोलाका एक पुरुषको निधन भएको थियो । पाल्पामा अहिलेसम्म कुल ५ सय ७३ जनालाइ कोरोना पोजेटिभ देखिएकोमा ५ सय ६१ जना निको भएर घर फर्किएका छन भने १० जनाले उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ नयौपानेले बताउनुभयो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया