

पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत कारोना संक्रमित विरामीको मृत्यु



ई–साझाकुरा, भदौ १३
पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत कारोना संक्रमित विरामीको मृत्यु भएको छ । तानसेन ८ मदनपोखरा, पीपलडाँडा निवासी ३० बर्षिय महिलाको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार भैइरहेको थियो ।
महिलामा मुटु सम्बन्धि समस्या पहिलै देखि रहेको थियो । उहाँ मुटुको उपचारको लागि अस्पताल आउँदा कोरोनाको लक्षण समेत देखिएकाले उपचारको क्रममा कलेजले स्वाव संकलन गरेको थियो । महिलालाई मेडिकल कलेजको आइसोलेशनमा राखेर उपचार भैरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र आज साँझ निधन भएको मेडिकल कलेजले जानकारी दिएको छ ।
महिलाको निधन पछि सब व्यवस्थापनको लागि जिल्ला सिसिएमसी सँग समन्वय भएको अस्पतालले जानकारी दिएको छ । यस अघि कोरोनाको कारण पाल्पा पूर्वखोलाका एक पुरुषको निधन भएको थियो । पाल्पामा अहिलेसम्म कुल ५ सय ७३ जनालाइ कोरोना पोजेटिभ देखिएकोमा ५ सय ६१ जना निको भएर घर फर्किएका छन भने १० जनाले उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ नयौपानेले बताउनुभयो ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया