
सज्जा बनिन नेपाल आइडल सिजन -३ काे विजेता

नेपाल आइडल सिजन–३ को विजेता भदौ १२ काठमाडौ । सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।
आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए ।
शुक्रबार राति घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।
संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज तथा प्रतिस्पर्धी अनुपस्थित रहे ।
नेपाल आइडल निर्माण पक्षले भनेको छ–ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो । तथापी प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै आज बेलुका प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले घोषणा गर्नुहुनेछ ।
आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया