

अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो तीन स्वर्ण


काठमाडौं, भदौ १२ ।
फिलिपिन्स २०२० अन्तर्राष्ट्रिय काता कुमुते कुबुदो कराँते प्रतियोगितामा नेपालले ११ पदक जित्न सफल भएको छ ।बुधबारदेखि शुक्रबारसम्म तीन दिन भएको दा त्रियाद मिट गेम्स कराँते आइडल फोर नेक्स्ट लेभल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सुविता गौतम, अनुभा मंग्राती र जुलियाना मोक्तानले नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।
सुविताले १२ वर्षमुनिको महिला कातामा, अनुभाले १७ वर्षमुनिको महिला कातामा र जुलियानाले नौ वर्षमुनिको महिला कुमुतेमा स्वर्ण जितेका हुन् ।त्यसैगरी, नेपालले चार रजत र चार कास्यपदक पनि जितेको छ । नौ वर्षमुनिको काता पुरुषमा दिप्सन सापकोटा, १२ वर्षमुनिको महिला कातामा न्यान्सी क्षेत्री, सिनियर महिला कातामा रिना श्रेष्ठ र १७ वर्षमुनिको कुमुते पुरुषमा अनुराग पाण्डेले रजतपदक दिलाए ।
प्रतियोगितामा नेपालसहित भारत, सिंगापुर, फिलिपिन्स, युएई, हङकङ, क्यानाडा, इटालीलगायत १४ राष्ट्रका खेलाडीले भाग लिएका थिए । विभिन्न नौ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया