

सीसीएमसीको कर्मचारीमा संक्रमण पुष्टि, उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा



ई–साझाकुरा, भदौ १२
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बस्नुभएको छ । दुवैको श्वाब लिइएको छ भने नतिजा शनिबार साँझ मात्र आउने बताइएको छ ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।सीसीएमसी सचिवालयका अनुसार कार्यालय सहयोगीको रुपमा रहेका एक सैनिक कर्मचारीमा कोरोना संक्रमण भएको हो । ती सैनिक कपाल काट्न जाँदा संक्रमण भएको पनि बताइएको छ ।
ती सहयोगीमा कोरोना संक्रमण पुष्टि भएसंगै कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि कोरोना परीक्षण गरिएको छ ।पोखरेल र थापा होम आइसोलेसनमा बसेपछि आज बोलाइएको नेकपाको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सीसीएमसीका सहयोगी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सचिवालय भने सिल नगरिएको बताइएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया