

सीसीएमसीको कर्मचारीमा संक्रमण पुष्टि, उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा



ई–साझाकुरा, भदौ १२
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बस्नुभएको छ । दुवैको श्वाब लिइएको छ भने नतिजा शनिबार साँझ मात्र आउने बताइएको छ ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।सीसीएमसी सचिवालयका अनुसार कार्यालय सहयोगीको रुपमा रहेका एक सैनिक कर्मचारीमा कोरोना संक्रमण भएको हो । ती सैनिक कपाल काट्न जाँदा संक्रमण भएको पनि बताइएको छ ।
ती सहयोगीमा कोरोना संक्रमण पुष्टि भएसंगै कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि कोरोना परीक्षण गरिएको छ ।पोखरेल र थापा होम आइसोलेसनमा बसेपछि आज बोलाइएको नेकपाको सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सीसीएमसीका सहयोगी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सचिवालय भने सिल नगरिएको बताइएको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया