

अनेरास्ववियूले शिक्षा मन्त्रीलाई २१ वुँदे ज्ञापनपत्र बुझायो

ई–साझाकुरा, भदौ १२
सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आज शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई इमेलबाटट २१ सुत्रीय माग सहितको ज्ञापनपत्र वुझाएको छ । ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासंग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ।

कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षा मन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए। ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हरहालतमा खेर जान नदिन , वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाई सहजिकरण निर्देशिका ०७७ को समीक्षा र अनुगमन गरि त्यसलाई शैक्षिक सत्रकै अङ्ग वनाउन माग गरेको छ । त्यसैगरी कक्षा ११ मा भर्ना हुनुका लागि यस वर्ष तय गरिएको ग्रेडिङ मापदण्डलाई स्थगित गरी गतवर्षको मापदण्ड अनुसार नै भर्ना गर्ने अनेरास्ववियूले माग गरेको छ ।
अनेरास्ववियूले विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न र कक्षान्नोत्ति गर्न तथा होम सेन्टरको ब्यवस्था गरि कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न माग गरेको छ। त्यसैगरी शैक्षिक वातावरण बनाउन आइसोलेशन र कोरिन्टिनहरु रहेका विद्यालयहरुमा डिइन्फेक्शन गर्न र कोरेन्टिनहरुको बैकल्पिक व्यवस्था गर्न समेत माग गरिएको छ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया