

पोखरामा अस्पतालको गेटमै कोरोना संक्रमितको मृत्यु



ई–साझाकुरा, भदौ १२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षको गेटमै शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका पोखरा महानगरपालिका- १६ का ५२ वर्षीय पुरुषलाई शुक्रबार उपचारका लागि ल्याउँदै गर्दा दिउँसो सवा १२ बजे आइसोलेसन कक्षको गेटमै मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
‘उहाँमा श्वासप्रस्वासमा धेरै नै समस्या भइसकेको थियो । प्रतिष्ठानको आइसोलेसन ल्याउँदै गर्दा उहाँको गेटमै मृत्यु भयो,’ डा. अचार्यले भने । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिन पुगेका उनी घरै फर्किएका थिए । पछि उनी र उनको गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामी अवस्थाका ती व्यक्तिलाई स्वाब संकलन गरेपछि चिकित्सकीय निगरानीमा राख्नुपर्नेमा नराखेकाले मृत्यु भएको आफन्तले बताएका छन् । यसअघि पोखरा–१२ कि ३२ वर्षीया महिलाको बिहीबार कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । उनमा दीर्घ रोग थिएन । उनको मृत्युको मुख्य कारण नै कोरोना संक्रमण भएको चिकित्सकले बताएका छन् ।
योसँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि पोखरा महानगरपालिका- १६ का ८७ वर्षका वृद्ध र पोखरा महानगरपालिका- १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो ।गण्डकी प्रदेशमा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया