

पोखरामा अस्पतालको गेटमै कोरोना संक्रमितको मृत्यु



ई–साझाकुरा, भदौ १२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षको गेटमै शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका पोखरा महानगरपालिका- १६ का ५२ वर्षीय पुरुषलाई शुक्रबार उपचारका लागि ल्याउँदै गर्दा दिउँसो सवा १२ बजे आइसोलेसन कक्षको गेटमै मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
‘उहाँमा श्वासप्रस्वासमा धेरै नै समस्या भइसकेको थियो । प्रतिष्ठानको आइसोलेसन ल्याउँदै गर्दा उहाँको गेटमै मृत्यु भयो,’ डा. अचार्यले भने । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिन पुगेका उनी घरै फर्किएका थिए । पछि उनी र उनको गाडी चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामी अवस्थाका ती व्यक्तिलाई स्वाब संकलन गरेपछि चिकित्सकीय निगरानीमा राख्नुपर्नेमा नराखेकाले मृत्यु भएको आफन्तले बताएका छन् । यसअघि पोखरा–१२ कि ३२ वर्षीया महिलाको बिहीबार कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । उनमा दीर्घ रोग थिएन । उनको मृत्युको मुख्य कारण नै कोरोना संक्रमण भएको चिकित्सकले बताएका छन् ।
योसँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि पोखरा महानगरपालिका- १६ का ८७ वर्षका वृद्ध र पोखरा महानगरपालिका- १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो ।गण्डकी प्रदेशमा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया