



मानव अधिकार आयोगद्वारा हिरासतमा राखिएका युवकको मृत्युबारे अनुसन्धान सुरु

ई–साझाकुरा, भदौ १२
रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।
उनलाई प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।
आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदनको प्रतिलिपी तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगञ्जलाई पत्राचार गरिसकेको छ ।
विजयराम चमार रौतहटको गरुडा नगरपालिका– ८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका थिए । हिरासतभित्रै बिरामी परेका उनको उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
यसअघि पनि प्रदेश २ को धनुषामा प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु, प्रादेशिक अस्पताल जनकपुरधाममा राजु सदाको मृत्यु, सप्तरीमा त्रिभुवन रामको हत्या, सिरहामा रोशन रामको हत्यालगायत मधेसमा दलित समुदायमाथि श्रृङ्खलाबद्ध रूपमा हत्या, हिंसा तथा जातीय विभेदका घटनाहरू भइरहेको आयोगले जनाएको छ ।
यी घटना नेपालको संविधान, ऐन कानुन र नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघीय महासन्धिविरुद्ध रहेको भन्दै आयोगले यस्ता अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।
त्यस्तै पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना पुनरावृत्ति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया