

तुइन विस्थापन गर्न नसकिएको भए सूचना उपलब्ध गराउनू : मन्त्री फुयाँल


ई–साझाकुरा, भदौ ११
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशभित्र झोलङ्गे पुल नबनेर तुइन विस्थापन गर्न नसकिएको भए तत्काल मन्त्रालयमा सूचना उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

मन्त्री फुयाँलले आज रासससँग कुरा गर्दैे अत्यावश्यकीय क्षेत्रका स्थानीय तहमार्फत झोलुङ्गे पुलको माग गरेर प्रदेशको भौतिक मन्त्रालयमा पठाएमा तुइन विस्थापन गरी पुल निर्माण प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
“यही भदौ मसान्तभित्र सूचना उपलब्ध गराइदिनुहुन स्थानीय तह तथा जनसमुदायसमेतलाई सविनय अनुरोध छ”, मन्त्री फुयाँलले भन्नुभयो । उहाँले यसरी प्राप्त हुने मागपत्रमध्ये अध्ययनमार्फत प्राविधिकरुपमा सम्भव र जनताका लागि आवश्यक भनी देखिएमा चरणबद्ध सम्बोधन गरिने स्पष्ट गर्नुभयो । उहाँले मन्त्रालयले देशका तीनै तहका सरकारको सहभागिता र जनसहभागितासमेतमा काम सम्पन्न गर्ने बताउनुभयो ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया