

कोभिड-१९ विरुद्धका खोपमाथि नेपालमा सम्भाव्यता छलफल



ई–साझाकुरा, भदौ ११
सरकारले विभिन्न देशमा कोभिड-१९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण ९क्लिनिकल ट्रायल० गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड-१९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल)को लागि आउन ती देशले खोजेका छन् ।
परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणको लागि क्लिनिकल ट्रायल अनुमति दिने भएको छ । अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले विभिन्न देशमा कोभिड–१९ विरुद्ध बनेका औषधि र खोपको नेपालमा प्रयोग गर्नेबारे अनुसन्धान प्रक्रिया शुरु गरिएको जानकारी दिए । ‘नेपालमा तेस्रो चरणका लागि खोप र औषधिको परीक्षण गर्नका लागि विभिन्न देशले इच्छा व्यक्त गरेका छन ।’ उनले भने, ‘हामीले अध्ययन अनुसन्धान गरेर मात्र प्रयोगका लागि अनुमति दिन्छौ ।’ परिषद्ले नेपालमा यसअघि विभिन्न अस्पताललाई प्लाजाथेरापी विधिबाट कोभिड-१९ का सङक्रमितको उपचार गर्ने पद्धति अपनाउन स्वीकृत प्रदान गरिसकेको छ ।
अहिले प्लाजा थेरापीविधिबाट गम्भिर अवस्थाका बिरामीको उपचार विभिन्न कोभिड–१९ अस्पतालले गरिरहेका छन् । परिषद्ले रुसमा बनेको कोरोना भाइरस को विरुद्धको खोप ‘स्तुनिक भी’ नेपालमा पनि प्रयोग गर्नेबारे छलफल अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा नेपालस्थित रुसी राजदूतावासलाई पत्र लेख्दै नेपालमा पनि प्रयोग गर्नेबारे परिषद्ले छलफल शुरु गरेको हो । रुस सरकारले बनाएको खोपको बारेमा परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले नेपालस्थित रुसका राजदूत अलेक्जी ए नोभिकोभसँग पनि छलफल गरेका छन् । ‘खोपबारे रुसी राजदूतसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ ।’
उनले भने, ‘हामीले उक्त खोप नेपालमा पनि प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्यययन अनुसन्धान गर्दछौ । त्यसपछि मात्र प्रयोग गर्ने वा नगर्ने भन्ने थाहा हुन्छ ।’ विश्व स्वास्थ्य संगठनले मान्यता दिइ नसकेको अवस्थामा यहाँ प्रयोग गर्दा हानी वा नोक्सान के गर्दछ भन्ने अध्ययन अनुसन्धान गरिने उनको भनाइ छ ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया