

दाङमा सवारी साधनमा जोरबिजोर प्रणाली सुरु


भदौ ११ दाङ,।
दाङमा आजदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा जोखिम न्युनिकरणका लागि जिल्लामा आजदेखि सार्वजनिक सवारी साधनमा जोर बिजारो प्रणाली लागु भएको हो ।
नियमानुसार आज ११ गते बिजोर नम्बरका सार्वजनिक सवारी साधान संचालनमा आउने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को मंगलबार बसेको बैठकले जिल्लामा कोरोना रोकथामका लागि सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागु गर्ने र आजदेखि रातीको समयमा निशेधाज्ञाको घोषणा गरेको छ ।
साँभ ७ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपमा हिडडुल गर्न निषेध गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । साथै मास्क नलगाएर हिड्ने जोकोहितलाई पनि कार्वाही गर्न उहाँले बताउनुभयो ।
जिल्लामा स्वास्थ्य कर्मीदेखि सुरक्षा कर्मी र बैंकका कर्मचारीलाई समेत कोरोना देखिएको छ भने समुदाय स्तरमा समेत कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले आम नागरिकलाई सचेत हुन समेत आग्रह गर्नुभएको छ । ( दाङ खबरबाट )


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया