
दाङमा सवारी साधनमा जोरबिजोर प्रणाली सुरु




भदौ ११ दाङ,।
दाङमा आजदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा जोखिम न्युनिकरणका लागि जिल्लामा आजदेखि सार्वजनिक सवारी साधनमा जोर बिजारो प्रणाली लागु भएको हो ।
नियमानुसार आज ११ गते बिजोर नम्बरका सार्वजनिक सवारी साधान संचालनमा आउने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को मंगलबार बसेको बैठकले जिल्लामा कोरोना रोकथामका लागि सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागु गर्ने र आजदेखि रातीको समयमा निशेधाज्ञाको घोषणा गरेको छ ।
साँभ ७ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपमा हिडडुल गर्न निषेध गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । साथै मास्क नलगाएर हिड्ने जोकोहितलाई पनि कार्वाही गर्न उहाँले बताउनुभयो ।
जिल्लामा स्वास्थ्य कर्मीदेखि सुरक्षा कर्मी र बैंकका कर्मचारीलाई समेत कोरोना देखिएको छ भने समुदाय स्तरमा समेत कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले आम नागरिकलाई सचेत हुन समेत आग्रह गर्नुभएको छ । ( दाङ खबरबाट )


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया