

भारतमा कोरोना : ३२ लाख नाघ्यो सङ्क्रमितको सङ्ख्या


भदौ १० एजेन्सी
भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा कोरोना भाइरस सङ्क्रमतिको कुल संख्या ३२ लाख ३४ हजार ४७५ पुगेको छ । ती मध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि सङ्क्रमित अवस्था रहेका छन् ।
हाल सङ्क्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्थाअनुसार अस्पताल र घरमा क्वारेन्टाइनमा बसेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।
कोरोना सङ्क्रमण शुरु भएयता भारतमा यस रोगबाट ५९ हजार ४४९ जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यमा १ लाख ६६ हजार २३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन् । भारतको अरु राज्यमा तुलना महाराष्ट्र सब भन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ ।
त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ । यहाँ ८९ हजार ९३२ जनामा अहिले पनि कोरोना भाइरस सङ्क्रमण अवस्थामा रहेको छ । रातोपाटी


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया