

कोरोना भाइरस संक्रमणबाट मृत्युदर बढ्दै



ई–साझाकुरा, भदौ १०
कोरोना भाइरस संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ। भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ। यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रति ४ घण्टामा एक जनाको ज्यान जान थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, साउनसम्म कोरोनाका कारण मृत्युदर ०.४ प्रतिशत थियो। अहिले वृद्धि भई ०.५ प्रतिशत पुगेको छ। साउन ३२ गतेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ४ थियो।
मंगलबार १ सय ६४ पुगेको छ। नेपालमा संक्रमितको पहिलो मृत्यु जेठ २ गते भएको थियो। मंगलबार काठमाडौंका ३ सहित ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका काठमाडौंकी ७४ र ७१ वर्षीया महिलासहित ६६ वर्षीय पुरुषको निधन भएको हो।
त्यस्तै धनुषाका ७६, पर्साका ६८, रूपन्देहीका ५६ र सिरहाका २२ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु भएकामध्ये सबैभन्दा बढी प्रदेश २ का छन्। प्रदेश २ का हालसम्म ६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो। वाग्मती प्रदेशमा चिनियाँ नागरिकसहित ३५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा २२, प्रदेश १ मा १९, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ८/८ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना छन्। हालसम्म सबैभन्दा बढी भदौ ५ गते ११ जनाको मृत्यु भएको छ। भदौ ८ गते १० जनाको ज्यान गएको छ। त्यस्तै भदौ ९ गते ७ जनाको ज्यान गएको छ। १० दिन सातायता संक्रमणदर वृद्धि हुनुका साथै मृत्युदर पनि बढेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार मृत्यु हुनेमा पहिलादेखि दीर्घ समस्यासँग जुधिरहेका र औषधि सेवन गरिरहेका व्यक्ति छन्। संक्रमण ६० वर्षभन्दा कम उमेरकामा बढी भए पनि मृत्युदर भने त्यसभन्दा बढी उमेरमा बढी छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार, कम संक्रमित भएकै उमेर समूहमा मृत्युदर बढी हुनु गम्भीर संकेत हो। ‘समुदायमा फैलँदै गएको खण्डमा मृत्युदर झन् बढ्न सक्छ’, उनले भने।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया