

अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूति सेवा बाहेक अन्य सेवा बन्द





ई-साझाकुरा, भदौ ८
अर्घाखाँची जनस्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूति सेवा बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
जनस्वास्थ्य र अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परिक्षणका लागि भैरहवा पठाईएको र परीक्षणको रिपोर्ट नआउँदासम्म सेवा बन्द गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय प्रमुख पुष्पा थापाले बताईन् । आइतबार दुई स्वास्थ्यकर्मी र एक कार्यालय प्रमुखलाई संक्रमण देखिएपछि १०२ जनाको स्वाब संकलन गरि पठाईएको छ ।
आईतबार स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्ति र कार्यालय प्रमुख रहेको ७ जना कर्मचारीसहित ६२ जना र सोमबार अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमसहित ५ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी ४० जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाल भैरहवा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक गणेशराज पौडेलले बताए ।
अस्पतालको आकस्मिक र प्रसूति सेवा सुचारु गर्न यस अघि पीसीआर रिपोर्ट नेगेटिभ आएका तिन जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी खटिएको र म सहित ५ जना डाक्टरको रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्ने जिल्ला अस्पतालका डा कपिल गौतमले बताए । अस्पतालको ईमर्जेन्सी र प्रसुती सेवा बाहेक अन्य सेवा ठप्प भएपछि अन्य रोगी सर्वसाधारणले सास्ती पाएका छन् ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया