

दाङमा १९३ जना क्वारेन्टाइनमा



भदौ ८ दाङ ।
दाङमा कोरोना संक्रमणको आशंकामा अहिलेसम्म १३ हजार १ सय १० जना क्वारेन्टाइनमा राखिएकोमा १२ हजार ९ सय १७ जना घर गएका छन् । उनीहरुमा कोरोना नदिएपछि घर पठाएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले पछिल्लो समय बाहिरी मुलकबाट आएका १ सय ९३ जना भने क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बनाउनुभयो।
उहाँका अनुसार क्वारेन्टाइनमा बसेका र बाहिर ठाउँबाट गरी अहिलेसम्म १३ हजार २ सय ८३ जनाको स्वाब संकलन गरेर परिक्षण गरिएकोमा ७ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा अहिले पनि स्वाब संकलनको कार्य निरन्तर भइरहेको उहाँले बताउनुभयो । आइतबार मात्र २ सय ६७ जनाको स्वाब संकलन गरिएको छ ।
घोराही उपमहानगरपालिका, दंगीशरण र बंगलाचुली गाउँपालिकामा भने अहिले क्वारेन्टाइनमा नरहेको बताइएको छ । जिल्लामा ७१४ जनामा कोरोना पोजेटिभ देखिएकोमा ६७६ जना भने निको भएर घर फर्किएका छन् भने अब ३६ जना मात्र आइसोलेसनमा उपचाररत रहेका छन् । एक पुरुष र एक महिला गरी दुई जनाको भने मृत्यु भइरसकेको छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया