

दाङमा १९३ जना क्वारेन्टाइनमा



भदौ ८ दाङ ।
दाङमा कोरोना संक्रमणको आशंकामा अहिलेसम्म १३ हजार १ सय १० जना क्वारेन्टाइनमा राखिएकोमा १२ हजार ९ सय १७ जना घर गएका छन् । उनीहरुमा कोरोना नदिएपछि घर पठाएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले पछिल्लो समय बाहिरी मुलकबाट आएका १ सय ९३ जना भने क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बनाउनुभयो।
उहाँका अनुसार क्वारेन्टाइनमा बसेका र बाहिर ठाउँबाट गरी अहिलेसम्म १३ हजार २ सय ८३ जनाको स्वाब संकलन गरेर परिक्षण गरिएकोमा ७ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा अहिले पनि स्वाब संकलनको कार्य निरन्तर भइरहेको उहाँले बताउनुभयो । आइतबार मात्र २ सय ६७ जनाको स्वाब संकलन गरिएको छ ।
घोराही उपमहानगरपालिका, दंगीशरण र बंगलाचुली गाउँपालिकामा भने अहिले क्वारेन्टाइनमा नरहेको बताइएको छ । जिल्लामा ७१४ जनामा कोरोना पोजेटिभ देखिएकोमा ६७६ जना भने निको भएर घर फर्किएका छन् भने अब ३६ जना मात्र आइसोलेसनमा उपचाररत रहेका छन् । एक पुरुष र एक महिला गरी दुई जनाको भने मृत्यु भइरसकेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया