पोर्चुगलकाे राजधानी लिस्बनमा भएको फाइनल खेलमा बायार्नको जितका लागि एक मात्र गोल किंग्स्ले कोमानले गरेका थिए । उनी खेलको ५९ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
जोसुवा किमिचले दिएको पासलाई कोमानले हेडमार्फत गोल गरेका थिए । निकै प्रतिस्पर्धामक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । स्टार खेलाडीहरुले भरिएको पीएसजी खेलका नतिजा आफ्नो पक्षमा पार्ने दाउमा भएपनि लोकप्रीय टिमलाई पराजित पार्दै आएको र बिगतमा धेरै पटक उपाधि कब्जा गर्दै आएको बायर्नले उच्च मनोवलका साथ प्रस्तुत हुँदा जित आफ्नो पक्षमा पार्न सफल भयो ।
२०१८ को विश्वकपमा चम्कीएका केलियन एम्बाप्पे, नेयमारजस्ता स्टार रहेको टिम पीएसजी आफ्नो स्थापनाका ५० वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको हो । तर उसले यो सुनौलो अबसर सदुपयोग गर्न सकेन । खेलका क्रममा एम्बाप्पे र नेइमारले अनेकौं प्रयास गरेपनि गोल गर्न सकेका थिएनन् ।
उता ११ औं पटक फाइनल पुगेको बायर्नले छैटौं जित हासिल गर्यो । बायर्न च्याम्पियन्स लिग चौथो धेरैपटक जित्ने टिमसमेत बनेको छ। बायर्नले यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा पनि च्याम्पियन्स लिगको उपधि जितेको थियो।
प्रतिक्रिया