

बलेराेकाे ठक्करबाट कपिलवस्तुको चप्परगाउँमा एक महिलाको मृत्यु



भदौ ७ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सडक दुर्घटनामा १ जना महिलाको मृृृृृृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय पिपराका अनुसार पुर्वबाट पश्चिम जाँदै गरेको लु.१ च. ५७९६ नम्बर जिप (पिकअप) ले एक पैदलयात्रीलाई ठक्कर दिदाँ वाणगंगा नगरपालिका ७ बनगाई बस्ने लक्ष्मी देवी कोईरालाकाे मृत्युु भएको हाे । प्रहरी कार्यालयका अनुसार सडकमा हिँडिरहेकाे अवस्थामा महिलालाई जिप (पिकअप) ले ठक्कर दिएको थियो । घाईते ७१ वर्षीया महिलालाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा पठाईएको भए पनि उपचारको क्रममै मृत्युु भएकाेे ईप्रका पिपराका प्रहरी निरिक्षक आयुष जाेशिले बताउनुभयो । घटनासँगै प्रहरीले उक्त गाडी सहित चालकलाई नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया